निषेधाज्ञा उल्लंघन गर्ने बस चालकलाई ५ हजार जरिवाना

  प्रकाशित मिति
२६ जेष्ठ २०७८, बुधबार १५:०२


झापा, २६ जेठ । निषेधाज्ञा उल्लंघन गर्ने सार्वजनिक यातायातको बसलाई कारवाही गरिएको छ ।
मंगलवार विहान बुटवलबाट काँकरभिट्टा आएको ना.४ ख ५१५२ नं.को यात्रु बाहक बसलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक–४ स्थित अस्थायी प्रहरी पोष्ट ताराबारीले चेक जाँच गर्ने क्रममा रोक्न खोज्दा जबर जस्ती भागेको उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकेको थियो । बसलाई चेकजाँच गर्दा बिना पास २३ जना यात्रुहरु ल्याउदै गरेको प्रहरीको भनाइ छ ।

कोरोना नियन्त्रण रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञाको उल्लंघन गरेको पाईएकोले बस तथा बस चालकलाई संक्रामक रोग ऐन अन्तरगत आवश्यक कारवाहीको लागि संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम जिल्ला प्रशासन कार्यालय झापा पठाईएको थियो ।

बसका चालकलाई पाँच हजार रुपैयाँ जरिवाना गरी छाडिएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज