मेचीनगरमा १२८३ ले लगाए चाइनिज खोप, सुटुक्क जनप्रतिनिधिका आफन्तलाई पनि

  प्रकाशित मिति
२६ जेष्ठ २०७८, बुधबार २१:१०


मेचीनगर, २६ जेठ । मेचीनगरका १२ सय ८३ जनाले आज कोरोनाविरुद्धको चिनिया खोप भेरोसिल लगाएका छन् ।

मेचीनगरका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीका अनुसार खोप लगाउनेमा महिला ५४४ र पुरुष ७३९ जना रहेका छन् ।

सरकारले ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाउन सुरु गरेको हो ।

नगरको वडा नं. ८, ९ र १० मा तोकिएको उमेर समूहभन्दा कम उमेरका व्यक्तिले राजनीतिक पहुँचका आधारमा खोप लगाएको गुनासो सुनिएको छ ।

कमलमणि पौडेलले सामाजिक सञ्जालमा मेचीनगर १० मा जनप्रतिनिधिका आफन्तले उमेरको मापदण्ड नपुुगिकन खोप लगाएको दावी गरेका छन् ।

७० वर्ष माथिकालाई तपाईहरुको कोटा छैन भन्दै फर्काइएको समेत उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज