अहिले भर्खरै : पोखरेललाई हेलिकप्टर मार्फत झापा ल्याइयो

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार ११:४५


झापा, २७ जेठ । झापाका निर्माण व्यवसायी दिपेन्द्र पोखरेलको पार्थिव शरिरलाई झापा ल्याइएको छ ।

उनलाईलाई आज हेलिकप्टर मार्फत बिर्तामोड–३ स्थित आफ्नै घरमा ल्याइएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि एक महिनादेखि काठमाडौमा उपचाररत । ५३ वर्षीय पोखरेलको गएराति निधन भएको थियो ।

काठमाडौंस्थित नर्भिक हस्पिटलमा राति १२ बजे पोखरेलको निधन भएको उनका परिवारले जनाएको छ ।

नेपाल प्लाइउड भेनियर संघका १ नम्बर प्रदेश अध्यक्ष पोखरेल उद्योग, निर्माण व्यवसायी महासंघ झापाका पूर्व अध्यक्ष, राजनीतिक एवम् सामाजिक गतिविधिमा समेत सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज