डिभिजन बनले दियो ५० हजार किरिया खर्च

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार १३:४४


मेचीनगर, २७ जेठ । मेचीनगर–९ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका ६५ वर्षीय श्याम राईको परिवारलाई डिभिजन बन कार्यालय झापाले काजकिरिया खर्च वापत पचास हजार दिएको छ ।

गत जेठ ४ गते आफ्नै घर छेउको बाटोमा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो ।

मेचीनगर नगरपालिकाले काजकिरिया खर्च उपलब्ध नगराएको पीडित परिवारले गुनासो गरिरहेका बेला डिभिजन बन कर्यालयले आफ्ना तर्फबाट रकम उपलब्ध गराइसकेको जानकारी दिएको छ ।

डिभिजन बन कार्यालय झापाका प्रमुख (डीएफओ) युवराज मास्केले मृतककी पत्नी जुनबीरा राईको बैंक खातामा यही सोमवार काजकिरिया खर्च वापत पचास हजार रुपैयाँ जम्मा गरिदिएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फ र कोशी टप्पु आरक्षणबाट क्षतिपूर्ति वापत दिइने १० लाख ५० हजार रुपैयाँ दिलाउनका लागि प्रक्रिया अघि बढाइएको मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज