आनीले दिइन् बिर्तामोड र अर्जुनधारालाई स्वास्थ्य सामग्री

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार १६:१८


झापा, २७ जेठ । झापाका दुई नगरपालिकालाई आनी छोइङ डोल्मा फाउण्डेशनले ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
फाउण्डेशनले आज विहान बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ ।

सो फाउण्डेशन, प्रारम्भ सामाजिक संस्था र सिङ्गापुर रेडक्रसले दुई नगरलाई १–१ थान भेन्टिलेटर, २–२ थान अक्सिजन कन्सनट्रेटर र पीपीई उपलब्ध गराएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आनी छोइङ डोल्माले बताइन् ।

उनले जीवनमा सेवा नै सर्वोत्तम कार्य भएको बताएकी छन् । देशका विभिन्न जिल्लामा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गर्दै आएको जनाएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै बिर्तामोड नगरका प्रमुख धु्रबकुमार शिवाकाटी र अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले फाउण्डेशनलाई धन्यावाद दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले झापामा सम्झिएर स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै जिल्लाको अवस्था बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज