मेची र निन्दा खोलाको ४५ हजार घनमिटर ढुंगागिटी खोइ ?

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार १४:५८


मेचीनगर, २८ जेठ । मेचीनगरका पाँच राजनीतिक दलका प्रमुखहरुले नदीजन्य पदार्थ उत्खनन्मा व्यापक अनियमितता भएको ठहर गरेको छ ।

शुक्रबार नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउदै नगरका पाँचै दलका प्रमुखहरुले ढुंगागिटी उत्खनन्मा व्यापक अनियमितता भएको ठहर गरेका हुन ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा तथा मेचीनगरको प्राविधिकसहितको संयुक्त टोलीले गरेको स्थलगत अनुगमनका क्रममा खोलाको ढुंगागिटी नापजोख गर्दाको तथ्याङ्क मेचीनगर नगरपालिकाले फरकरुपमा तथ्याङ्क सार्वजनिक गरेको दावी गरेको छ ।

एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती, माओवादी केन्द्रका पुष्प गुरगाई, जसपाका अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाकी अध्यक्ष सविना बजगाईले स्थलगत अनुगमनको क्रममा खोलाको ढुंगागिटी नापजोख गर्दा तथ्याङ्क फरक आएको दावी गरेका हुन् ।

नगरपालिकाको प्राविधिकसहितको टोलीले निन्दा खोलाको ६७ हजार घन मिटर ढुंगागिटी उत्खनन् गरेको तथ्याङ्क निकाले दलहरुको भनाइ छ । तर नगरपालिकाले ३४ हजार घनमिटर भन्दा बढीको मात्र उत्खनन् गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

त्यस्तै मेची खोलाको ३१ ह्जार घनमिटर ढुंगागिटी उत्खनन् गरेको दलहरुले दावी छ भने नगरपालिकाले १९ हजार घनमिटरको तथ्याङ्क मात्र सार्वजनिक गरेको थियो ।

निन्दा खोलाको ३३ हजार र मेची खोलाको १२ हजार घनमिटर ढुंगा गिटीको तथ्याङ्क गायव बनाएर व्यापक अनियमितता गरेकोले स्थानीय सरकारले तत्काल छानबिन गरि दाषीलाई कारवाही गर्न दलहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज