पार्टीले कारवाही गरेर देखाओस् : मेयर आचार्य

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार १५:५२


मेचीनगर, २८ जेठ । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले ढुंगा गिटी लगायतका विषयमा पार्टीले कारवाही गरेर देखाउन चेतावनी दिएका छन् ।

आज नगरका पाँचै राजनीतिक दलले ढुंगा गिटीका विषयमा ज्ञापनपत्र बुझाउदै गर्दा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् ।

‘नेपाली कांग्रेसबाटै चुनाव जितेर मेयर भएको हुँ’ मेयर आचार्यले भने–‘पार्टीको महासमिति सदस्य छु, पार्टीले मलाई कारवाही गरेर देखाउन चुनौति दिन्छु । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री पनि सबै पार्टीबाटै आएका हुन् । संविधान अनुसार कसैले गलत गरेको छ भने पार्टीले कारवाही गरेर देखाओस् ।’

‘ढुंगा गिटीका विषयमा समस्या छ, मेयर आचार्यले भने–‘तर, कस्ले गरेको देखिन्दैन, त्यस कारण समस्या समाधानका लागि अख्तियार ढाकेको हो । यहाँ छानबिन गर्दा जोगायो भन्छन् भनेरै सत्य तथ्य छानबिनका लागि अख्तियारमा फायल पठाएको छु ।’

उनका अनुसार ढुंगा गिटी लगायतका विषयमा अझै केहि त्यस्ता समस्याहरु छन् भने सबै कागज भेला पार्नुहोस्, त्यो कागज पनि अख्तियार पठाईदिन तयार छु ।

राजनीतिक दल, पत्रकार सबैले बरु अख्तियारमा गएर ढुंगा गिटीका विषयमा चाडो सत्य तथ्य छानबिनको पहल गरिदिन मेयर आचार्यले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज