दिवंगत आमाको सातौँ पुन्यतिथिमा पुल निर्माण

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार १६:२७


 

मेचीनगर, २८ जेठ । बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरले दिवंगत आमाको सातौँ पुन्य तिथिमा पुल निर्माण गरिदिएकी छन् ।
उनले अर्जुनधारा नगरपालिका–११ स्थित देवनिया बस्तीमा महिला तथा बालबालिकाहरुलाई बेलुकी पख जंगलको बाटो हिडडुल गर्न समस्या हुने भएकोले हिले खोलामा एक लाख ५० हजार बराबरको फलामे पुल निर्माण गरिदिएकी हुन् ।

उनकी आमा मनमाया मगरको नाममा सातौँ दिनको पुन्य तिथिमा पुल निर्माण गरि स्थानीयहरुको उपस्थितिमा जनप्रतिनिधि मोहनकुमार योगीले आज उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज