खोप काण्ड : वडाध्यक्षलाई माफी माग्न एमालेको आग्रह

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार १८:०५


मेचीनगर, २८ जेठ । नेकपा एमालेले मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुलाई विहीवार धुलावारी स्वास्थ्य केन्द्रमा भएको घटनाप्रति सार्वजनिक रुपमा माफी माग्न भनेको छ ।

एमालेको वडा नं. ९ र १० को पार्टी कमिटीका अध्यक्षद्वय कमलमणि पौडेल र प्रकाश खड्काले आज प्रेस विज्ञप्ति जारी गरी उक्त आग्रह गरेका हुन् ।

सरकारले ६२ देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसिल लगाउनु भनेर पठाएकोमा वडाध्यक्ष पनेरुले जेठ २७ गते आफ्ना निजी चिनजानका व्यक्तिहरुलाई मनखुशी खोप दिन लगाएको एमालेले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा त्यसरी मनखुशी ढंगले अन्य व्यक्तिलाई किन खोप लगाएको भनेर जनताले वडाध्यक्षलाई सोध्दा उल्टै गालीगलौजमा उत्रिएको हुँदा त्यस्तो ताण्डव बन्द गर्न चेतावनी दिइएको छ ।

एमालेले खोप काण्डको निष्पक्ष छानविन गरी गलत कार्य गराउन भूमिका खेल्ने सबैलाई प्रचलित कानून बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज