चारआली, १ असार । जेसीज सप्ताह कार्यक्रम अन्तरगत चारआली जेसीजले बुधबार वृक्ष रोपण गरेको छ ।
‘वाताबरण संरक्षणका लागि वृक्ष रोपण गरौं’ भन्ने मुल नाराका साथ चारआली जेसीजले प्रगति सामुदायिक वन परिषरमा विभिन्न जातका २ सय वटा विरुवा रोपिएको हो । जेसीजले रोपेको वृक्षलाई संरक्षण गरी हरावरा बनाउने उद्देश्यले विरुवा रोपेको चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णु रिमालले बताए ।
वृक्ष रोपणअघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अथिति इलाका वन कार्यालयका प्रमुख राजन राईले वनलाई जोगाई वातावरण स्वच्छ राख्न वृक्ष रोपण आवश्यक भएको उल्लेख गरे ।
तीर्थ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हातेमालो सामुदायिक उपभोक्ता वन समितिका अध्यक्ष विदुर शिवाकोटी, प्रगति सामुदायिक उपभोक्ता वन समितिका अध्यक्ष बुद्धिलाल चौधरी, उद्योग वाणिज्य संघ चारआलीका अध्यक्ष शरद शिवाकोटीलगायतले बालेका थिए । संस्थापक अध्यक्ष रिमालले स्वागत तथा कार्यक्रममाथि प्रकाश परेको कार्यक्रमको सञ्चालन रोहित दाहालले गरेका थिए ।
त्यसैगरी सप्ताह कार्यक्रमअन्तरगत माविस्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा इष्ट होराइजन माविकी छात्रा रचना सिटौला प्रथम भएकी थिइन् । ज्योति अंग्रेजी मावि बुधबारेकी जोस्ना गौतम द्धितीय, पुहातु जनज्योति माविकी मेलिना मैनाली तृतीय र युनिक अंग्रेजी मावि शहरेडागीका विवस तिम्सिना सान्त्वना घोषित भए । छात्राछात्रका लागि जीयोनी मोवाइल सेन्टरले दोश्रो, मनकामना सप्लायर्सले तेश्रो, श्रेष्ठ भेराइटिजले सान्त्वना पुरस्कारको वितरण गरेका थिए ।
जेसीजले तेश्रो दिनको कार्यक्रम अन्तरगत बाल मनोविज्ञान सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक दीनेश पौडेलले सहजीकरण गरेका थिए ।
पाँचौ दिनको कार्यक्रम अन्तरगत चारआली चोकमा बिहीबार ट्राफिक जनचेतना तथा फोटो प्रदर्शनी लगायतका कार्यक्रम गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।