१५ वैशाख २०८१, शनिवार

घरदैलो

मौन अवधिमा आचारसंहिताविपरीत किसान र सोनलको घरदैलो

४ मंसिर २०७९, आइतवार

बारा,२ मंसिर 

बारामा मंसिर ४ गते हुने निर्वाचनकाे स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको छ । बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको हो ।

सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन् । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् ।

बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा राेक लगाइएकाे छ । तर, यसकाे उल्ल‌ंघन गर्दै किसान र साेनलले शुक्रबार बिहान घरदैलाे कार्यक्रम गर्दै मत मागिरहेका छन् । 

यसबारे खबर पाएकाे प्रहरीले आचारस‌ंहिताविपरीतका कार्य राेक्न बताएकाे छ । घरदैलाे कार्यक्रम भइरहेकाे जानकारी आएकाे बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो  कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।