१५ वैशाख २०८१, शनिवार

नेपाल लाइफ इन्स्योरेन्स अब एनपीएसमा आबद्ध

२ मंसिर २०७९, शुक्रवार
Image

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । त्यसका लागि दुवै संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ । जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पूँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

साथै नेपाल लाइफले एनपीएसमा उपलब्ध अन्य उपकरणहरुको प्रयोग गरी थप नयाँ सेवाहरु पनि ल्याउने कार्य अगाडि बढाउन सकिने छ ।

बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पुर्‍याउने र नेपाललाई आर्थिक समृद्धि तर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमको प्रयोगबाट आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

कम्पनीका अनुसार १५ लाखभन्दा बढी बीमितहरु रहेको यस कम्पनीका १९७ शाखा सञ्जालहरु र २ लाख १२ हजार ३६२ अभिकर्ताहरु छन् ।

लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)