१३ वैशाख २०८१, बिहिवार

मस्कले ट्वीटरका कर्मचारीलाई भने–लामो समय काम गर्नु वा जागिर छोड्नू

४ मंसिर २०७९, आइतवार

न्युयोर्क, १ मंसिर

विश्वकै धनाढ्य तथा ट्वीटरका नयाँ मालिक एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ काम गर्न प्रतिबद्ध हुन वा कम्पनी छोड्न आदेश दिएका छन् । वासिंगटनपोस्टका अनुसार सासल मिडिया फर्मका नयाँ मालिकले कर्मचारीहरूलाई ईमेलमा भनेका छन कि यदि कामदारहरू बस्न चाहन्छन् भने वाचामा सहमत हुनुपर्छ ।

ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन् । उनले अगाडि भनेका छन्, ‘तपाईंले जुनसुकै निर्णय गर्नुहुन्छ । ट्विटरलाई सफल बनाउनको लागि तपाईंको प्रयासको लागि धन्यवाद।’

बिहीबार सम्म साइन अप नगर्नेहरूलाई तीन महिनाको तलब दिएर बिदा गर्ने मस्कले बताए । ‘यसको मतलब उच्च तीव्रतामा लामो घण्टा काम गर्ने हो । केवल असाधारण प्रदर्शनले उत्तीर्ण ग्रेड हुनेछ’, उनले भने।

मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ।