लमजुङ, १ कात्तिक
लमजुङ उद्योग बाणिज्य संघले लमजुङ संघका पूर्व अध्यक्ष एव गण्डकी प्रदेशसभा 'ख' बाट कांग्रेसका उमेदवार भेषबहादुर पौडेललाई विजयी गराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई आह्वान गरेकाे छ ।
संघले बेशीशहरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पाैडेलाई विजयी अग्रिम शुभकामना समेत दिएको छ ।
उद्योग व्यापारको क्षेत्रका अनुभवी व्यक्ति उम्मेदवार पाउनु सम्पूर्ण उद्योगी व्यापारीका लागि खुसीको कुरा भएको संधकाे भनाइ छ ।