१६ चैत २०८०, शुक्रवार

लमजुङमा निर्वाचन केन्द्रित मिडिया सेन्टर स्थापना

४ मंसिर २०७९, आइतवार

लमजुङ, १ कात्तिक

लमजुङको सदरमुकाम वेसीशहरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै आज मिडिया सेन्टर स्थापना गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयवस्तुहरु, मतगणनालगायतका समाचार सञ्चार माध्यममा लैजानको लागि सजिलो होस् भन्ने उद्देश्यले कार्यालय परिसरमै मिडिया सेन्टरको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको समन्वयमा उक्त मिडिया सेन्टरको व्यवस्था गरिएको हो । जहाँ पत्रकारलाई बसेर समाचार संकलन गर्ने र सञ्चार माध्यममा पठाउनको लागि वाईफाईको व्यवस्थासमेत गरिएको छ ।

मिडिया सेन्टरले चुनावी गतिविधि र खासगरी मतगणनाको समयमा तत्काल समाचार प्रसारण गर्न सहयोग पुग्ने नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।