११ वैशाख २०८१, मङ्गलवार

ब्राजिलको जितमा रिचार्लिसनको दुई गोल

९ मंसिर २०७९, शुक्रवार
Image

काठमाडौं, ९ मंसिर 
रिचार्लिसनको दुई गोल प्रेरित ब्राजिलले बुधबार राति कतार फिफा विश्वकप २०२२ फुटबलमा विजयी सुरुआत गरेको छ । लुसेल स्टेडियममा पाँच पटकको च्याम्पियन ब्राजिलले सर्बियालाई २–० ले पराजित ग-यो । 

पहिलो हाफमा कुनै गोल नहुँदा ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६२औं मिनेटमा रिचार्लिसनले अग्रता दिलाए । ७३औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । २५ वर्षीय रिचार्लिसनले भिनिसिअस जुनियरको पासमा गोल गरे । 

जितसँगै समूह ‘जी’ मा ब्राजिलले पहिलो खेलबाट तीन अंक जोडेको छ । सर्बिया अंक विहीन छ ।