१४ वैशाख २०८१, शुक्रवार

स्पेन र जर्मनीले अंक बाढे

१२ मंसिर २०७९, सोमवार
Image


काठमाडौं, १२ मंसिर 


निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ ।

आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले संकट टारेका हुन् । 

बरारबरीसँगै समूह इ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक अंक छ ।

जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो । समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ । 

यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२औ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए ।

अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।