२० वैशाख २०८१, बिहिवार

सत्तारुढ दलको बैठक निष्कर्षविहीन

९ पुष २०७९, शनिवार
Image

झापा, ९ पुस । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकाङ्क्षाअनुसार अघि बढ्ने ठुलो कुरा रहेको बताए । 

उनले भने, ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ । बैठक भोलि फेरि बस्नेछ । भोलि हामीले निर्णय सुनाउनेछौँ । आज धेरै विषयमा गम्भीर रूपले छलफल भयो । छलफल सकारात्मक रूपले अघि बढेको छ । अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका छौँ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ । प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकाङ्क्षाअनुसार अघि बढ्ने ठुलो कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ ।’ 

मन्त्री कार्कीले जनताको आकाङ्क्षालाई गठबन्धनको सरकार बनाएर तीव्र गतिले अघि बढाएर लैजाने बताए । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । जस कारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तीव्र बनेको छ । 


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।