१६ चैत २०८०, शुक्रवार

प्रदेश १: प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता मण्डलले गर्ने

९ पुष २०७९, शनिवार
Image

विराटगर, ९ पुस । प्रदेश १ प्रदेश सभाका पहिलो बैठकको अध्यक्षता गयानन्द मण्डलले गर्ने भएका छन् । मोरङ क्षेत्र ५९१० बाट विजयी मण्डलले जेष्ठ सदस्यको हैसियतले प्रदेश सभाको बैठकको अध्यक्षता गर्न लागेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट विजयी मण्डल ७९ वर्षका रहेको प्रदेश १ ससद सचिवालयले जनाएको छ । प्रदेश १ को प्रदेश सभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डल गन्गाईलाई सोमबार सपथ ग्रहण गराइने छ ।

निर्वाचित प्रदेश सभा सदस्य गन्गाईलाई प्रदेश सभा सचिव गोपाल पराजुलीले सपथ ग्रहणका लागि उपस्थित हुन मंगलबार नै पत्राचार गरेका छन् । उनलाई राष्ट्रिय पोशाक वा आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन पत्रमा उल्लेख छ ।

प्रदेश सभा सदस्य गन्गाईले सपथ लिएपछि सोमबार नै बाँकी ९२ जना प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिव पराजुलीले बताए ।

निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार सोमबार दिनको साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा मण्डलको सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम ज्येष्ठ सदस्यको सपथ ग्रहण हुने छ।

प्रदेश १ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ५८ र समानुपातिकतर्फबाट ३७ सांसद छन् । निर्वाचित सांसद गन्गाईले आफूले सपथ ग्रहण गरेपछि सोमबार बाँकी प्रदेश सभा सदस्यहरूलाई सपथ ग्रहण गराउने छन् ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।