१४ वैशाख २०८१, शुक्रवार

मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू

९ पुष २०७९, शनिवार
Image

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू गरेको छ ।

नेपालको पूर्वी प्रवेशद्वार संगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।  

शनिबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पुर्वी बस व्यवसायी प्रालि अध्यक्ष बिष्णु श्रेष्ठ, काँकरभिट्टा ट्राफिक पोष्ट प्रमुख लीला श्रेष्ठलगायतको टोलिले काँकरभिट्टा बसपार्क अनुगमन गर्नुका साथै समस्या समाधान सम्बन्धि अन्तरक्रिया समेत गरेको छ।