१३ वैशाख २०८१, बिहिवार

मेचीनगर रेडक्रस उपशाखाको साधारणसभा

१० पुष २०७९, आइतवार
Image
Gallery Images

धुलाबारी, १० पुस । नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको २६ औं साधारणसभा सम्पन्न भएको छ । 

आइतबार उपशाखाको कार्यालयमा भएको साधारणसभामा रेडक्रसलाई सहयोग गर्ने आधा दर्जन बढीलाई सम्मान पनि गरिएको छ । उपशाखाकी सभपाति कुुसुम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख अतिथि रहेका थिए । बुढाथोकीले रेडक्रस मानवीय सेवामा कार्यरत संस्था भएका कारण नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

उनले आपत र विपतमा जनताको साथीको रुपमा काम गर्दै आएको संस्थालाई अझ भरपर्दो र मजबुद बनाउनका लागि सबैलाई सहयोग गर्न समेत अनुरोध गरेका थिए । 

विशेष अतिथिको रुपमा रहेकी नगर उपप्रमुख मिना उप्रेतीले नगरपालिकाले नगर बजेटको रातो किताबमा नै उल्लेख गरेर भवनको स्तरोन्ततिका लागि बार्षिक रुपमा रु. पाँच लाख सहयोग गर्दै आएको बताइन् । नगरपालिकाकै आर्थिक सहयोगमा रेडक्रसको भवन समेत बनिएको छ । भवनको दोस्रो तलाको आइतबार प्रमुख उपप्रमुखले संयुक्त उद्घाटन समेत गरेका छन् । 

कार्यक्रममा रेडक्रस शाखाका संस्थापक सभापति  विमल आचार्यले नगरक्षेत्रभित्र मात्र चार वटा उपशाखा सञ्चालनमा रहेको बताए । उनले सबै उपशाखालाई एकीकृत गरी नगरस्तरीय एउटै शाखाको रुपमा स्थापना गर्न र १५ वटा वडामा समेत शाखा विस्तार गर्न आग्रह गरे । संस्थाले उनलाई सम्मान समेत गरेको छ । 

संस्थाका उपभापति रमेश दाहालले धुलाबारी उपशाखामा रक्त संकलन केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले सोही अनुसारको कार्यालय व्यवस्थापन भए तापनि लामो समयको कोडिभ संक्रमणको कारण विगतमा सञ्चालन गर्न नसकिएको जानकारी दिए । 

अध्यक्ष कोइरालाले आफ्नो तीन बर्षे कार्यकाल सम्पन्न भएको कारण जनाउँदै आगामी पुस १६ गते संस्थाको अधिवेशन समेत हुन गइरहेको जानकारी दिएकी छिन् ।