१३ वैशाख २०८१, बिहिवार

अन्तर विद्यालय फूटबलको उपाधि धुलाबारी माविलाई

१२ पुष २०७९, मङ्गलवार
Image

मेचीनगर, १२ पुस  । काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा आयोजित अन्तर विद्यालय फूटबलको उपाधि धुलाबारी मा।वि।ले जितेको छ ।

आज भएको फाइनल खेलमा धुलाबारी मा।वि।ले काँकरभिट्टा बहुमुखी क्याम्पसलाई २–१ गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भएको हो । धुलाबारी मा।विको जीतमा जर्सी नम्बर ८ का खेलाडी संदिप खवासले खेल सुरु भएको १ मिनट पनि नभइ १ गोल गर्न सफल भएका थिए भने उनले नै खेलको ४७ औं मिनटमा थपा १ गोल गर्न सफल भएका थिए ।काँकरभिट्टा बहुमुखी क्याम्पसका जर्सी नम्बर १० का खेलाडी नविन सुवेदीले खेलको दोस्रो हाफको ३५ औं मिनटमा १ गोल फर्काउन सफल भएका थिए ।

यस अघि काँकरभिट्टा बहुमुखी क्याम्पसले होलीबेल अंग्रेजी मा।वि। धुलाबारीलाई ४–० गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको थियो भने धुलाबारी मा।वि।ले काँकरभिट्टा मा।वि।लाई ३–० गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो ।

फाइनल खेलका विजेतले नगद रु।१० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु।५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार क्याम्पसको २४ औं वार्षिकोत्सव पौंष १४ गतेकाको कार्यक्रमा वितरण गरिने छ ।