७ वैशाख २०८१, शुक्रवार

ओमसाइ र एनएमबि बैंकबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

१४ पुष २०७९, बिहिवार
Image

भद्रपुर, १३ पुस । ओमसाइ पाथीभरा अस्पताल भद्रपुर र एनएमबि बैंकबीच बुधवार स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । 

सम्झौता अनुसार एनएमबि बैंकका सबै तहका कर्मचारीहरु र एनएमबि बैंकमा खाता भएका ग्राहकहरुले ओम साइ पाथिभरा अस्पतालबाट प्रवाह हुने सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्ने छ्न । 

यहि पुस १३ गतेदेखि लागू हुने सम्झौतामा ओमसाइ पाथीभरा अस्पतालका निर्देशक बालकुमार पोखरेल र एनएमबी बैंकका तर्फबाट हेडस्टेट प्रमुख सन्तोषकुमार बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

सम्झौताको अवधी आगामी एक वर्षको रहने छ । एक वर्षपछि सम्झौता पुनः थप हुने अस्पतालका प्रशासक मनोज दाहालले बताए ।