२८ वैशाख २०८१, शुक्रवार

नेपाल मगर संघ झापा अध्यक्षमा विकास

१४ पुष २०७९, बिहिवार
Image

मेचीनगर, १४ पुस । नेपाल मगर संघ झापा अध्यक्षमा विकास थापा मगर सर्वसम्मत चयन भएका छन् ।

नेपाल मगर संघको हालै सम्पन्न १३ औँ अधिवेशनले विकास थापा मगरलाई अध्यक्षमा चयन गरेको हो ।

मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कर्ण क्याप्छाकी मगर, सचिवमा डम्बर थापा मगर, सहसचिवमा एशिका पुलामी मगर र कोषाध्यक्षमा तुलसा क्याप्छाकी मगर चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा सरोज आलेमगर, श्रृजन समाल मगर, आर्यन सारु मगर र सरिता खुलाल मगर छन् ।

अधिवेशन सफल पार्न नेपाल मगर संघका केन्द्रीय सदस्य हरिकुमार थापा मगरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता, नेपाल मगर संघ झापाका अध्यक्ष जगतबहादुर राना मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य हरिकुमार थापा मगर, सुन्दर थापा मगर, अर्जुनधार नगरपालिकाका निवर्तमान मेयर हरि राना मगर, समाजसेवी ज्योतिसिंह दर्लामी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।