३० वैशाख २०८१, आइतवार

मैनाली समाज झापाको अध्यक्षमा श्रीप्रसाद

१६ पुष २०७९, शनिवार
Image

कनकाई, १५ पुस । मैनाली समाज नेपाल झापाको अध्यक्षमा हल्दिबारीका श्रीप्रसाद मैनाली चयन भएका छन् । 

कनकाई नगरपालिकामा भएको ८ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रीप्रसादलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

त्यस्तै उपाध्यक्षमा बिर्तामोडका रामप्रसाद मैनाली, कनकाईकी रेनुका मैनाली र बिर्तामोडका सरोज मैनाली, सचिवमा भद्रपुरका कृष्ण मैनाली, सहसचिवमा बिर्तामोडका सुश्मा मैनाली र कोषाध्यक्षमा कनकाईकी अनुषा मैनाली सर्वसम्मत चयन भएका छन् । 

सदस्यहरुमा मेचीनगरका यज्ञप्रसाद मैनाली, बिर्तामोडका लक्ष्मीप्रसाद मैनाली, अर्जुनधाराकी बिमला मैनाली, बुद्धशान्तिका खगेन्द्र मैनाली, बिर्तामोडका देविप्रसाद मैनाली, बिर्तामोडकै श्रीप्रसाद मैनाली, शिवसताक्षीका श्रीप्रसाद मैनाली, भद्रपुरकी पवित्रा मैनाली, शिवसताक्षीका मोहन मैनाली र मेचीनगरका गोपीनाथ मैनाली छन् । 

समाजसेवी मिनप्रकाश मैनालीको संयोजकत्वमा लक्ष्मीप्रसाद मैनाली र ज्ञानुनाथ मैनाली सदस्य रहेको निर्वाचन मण्डलले उनीहरुलाई सर्वसम्मत चयन गरेको झापा अध्यक्ष डिल्लीराम मैननालीले जानकारी दिए ।