२९ वैशाख २०८१, शनिवार

प्रदेश १ : राप्रपा संसदीय दलको नेतामा सिटौला

१६ पुष २०७९, शनिवार
Image

झापा, १५ पुस । राप्रपा प्रदेश १ को संसदीय दलको नेतामा भक्ति प्रसाद सिटौला चयन भएका छन् ।  

निर्वाचित प्रदेश सदस्यसहित प्रदेश १ अध्यक्ष राम थापाको अध्यक्षतामा शुक्रवार बसेको बिशेष बैठकले सांसद सिटौलालाई सर्वसम्मत रुपमा संसदिय दलको नेतामा चयन गरेको हो ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रत्यक्षतर्फ निर्वाचित सिटौला राप्रपाका केन्द्रीय प्रवक्ता हुन् ।  

सांसद सिटौलासहित प्रदेश १ को प्रदेश सभा सदस्यमा राप्रपा तर्फबाट प्रत्यक्षतर्फ सविना बजगाईं तथा समानुपातिकतर्फ अम्बरबहादुर विष्ट, निमसरी राजवंशी, गोपाल विश्वकर्मा र प्रेमराज थाम्सुहाङ निर्वाचित भएका छन् ।