२० वैशाख २०८१, बिहिवार

चराकै आवाज निकाल्छन् कवि धनकुटे कान्छा

१६ पुष २०७९, शनिवार
Image

भद्रपुर, १६ पुस । साहित्यकार धनकुटे कान्छा अर्थात शंकर चापागाई कविका रुपमा परिचित हुनुहुन्छ । तर, उहाँको अर्को प्रतिभाका बारेमा भने धेरैले थाहा नपाएको हुनसक्छ ।

दमक निवासी उहाँ चराहरुको सजीव नक्कल (केरिकेचर) गर्न सक्नु हुन्छ । उहाँ कृत्रिम आवाज निकालेरै चराहरुको सम्मेलन डाक्न सक्ने दावी गर्नुहुन्छ । शुक्रवार चन्द्रगढीमा वर्तमान साहित्य प्रतिष्ठानमा एकल कविता बाचनका लागि निम्त्याइनु हुँदा उहाँले काग, कोइली र फिस्टोको आवाज हुबहु सुनाउनु भयो ।

हेर्नुहोस् भिडियो–