३० वैशाख २०८१, आइतवार

सत्ता गुम्दा आत्तिनु पर्दैन : कांग्रेस महामन्त्री शर्मा

१६ पुष २०७९, शनिवार
Image

  रेवतिराज घिमिरे 

भद्रपुर, १६ पुस । नेपाली कांग्रेसका महामंत्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्ता समीकरण गुम्दैमा आत्तिनु नपर्ने बताउनु भएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा वीपी प्रतिष्ठान चन्द्रगढीले आज आयोजना गरेको बार्षिक साधारण सभालाई संबोधन गर्दै उहाँले पार्टीका सभापति शेरबहादुर देउवाको कारण कांगे्रसको नेतृत्वको गठबन्धन टुटेको पनि दावी गर्नुभयो । 

उहाँले यसबाट निराश नहुन समेत कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । अबका दिनमा कांग्रेस कार्यकर्ताले अझ जनमुखी कार्य गर्नुपर्ने बताउनुभयो ।

“पार्टी सभापतिलाई प्रधानमंत्री पद प्रचण्डलाई दिनु भनेर आफु र गगन थापाले पटकपटक भन्दा सभापतिले सुन्नु भएन’– उहाँको भनाइ थियो ।

वीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामंत्री शर्माले अवका दिनमा पार्टी फुटेर हैन जुटेर नयाँ ढंगले अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेस नेता मोहनसिंह कार्र्कीको अध्यक्षतामा सम्पन्न सभामा अग्रज नेता डिल्ली सिटौला, नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु गोमा भट्टराई, शुशिला ढकाल, नेपाली कांग्रेस झापा सभापति देउमान् थेवे, पूर्व उपसभापति राम कट्टेल, वर्तमान उप सभापति केशवराज पाण्डे, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, माओवादी केन्द्रका दिनानाथ उप्रेती लगायतले बोल्दै वीपीको मेलमिलाप नीतिको चर्चा गर्नुभएको थियो ।

देवेन्द्र गौतमले सञ्चालन गररेको कार्यक्रमको स्वागत मन्तव्य भुमादेवी घिमिरेले गर्नु भएको थियो ।

आजै प्रतिष्ठानले गोविन्द लम्सालको नेतृत्वमा नयाँ कार्य समति समेत गठन गरेको छ ।