३० वैशाख २०८१, आइतवार

कृत्रिम हात–खुट्टा वितरण गर्ने तयारी

१६ पुष २०७९, शनिवार
Image

बाहुनडाँगी, १६ पुस । मेचीनगरको एउटा सहकारी संस्थाले हात–खुट्टा नभएका मानिसका लागि कृत्रिम हात खुट्टा वितरण गर्ने तयारी गरेको छ ।  

शनिबार मेचीनगर नगरपालिका–२ स्थित बौद्धमोडको ब्रह्माण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाले सो योजना बनाएको हो ।

संस्थाले आज पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएको छ । सो संस्थाको संयोजकत्वमा आगामी माग २१ गते कृत्रिम हात–खुट्टा वितरण गर्ने कार्यक्रम रहेको छ ।

संस्थाका अध्यक्ष सचिन निरौलाको अध्यक्षता तथा नेप इन्डिया फाउण्डेशन कालेङ्पुङ्गकी अध्यक्ष इन्दिरा शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बौद्धमोड विकास सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, सहयोगी संस्थाकी रुकमणि काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

हातखुट्टा नभएका ६० जना मानिसहरुले कृत्रिम हात–खुट्टा प्राप्त गर्ने अध्यक्ष निरौलाले बताए । बाहुनडाँगीलाई कृत्रिम हात–खुट्टा निमार्णको हवको रुपमा विकास गर्ने योजना रहेको उनको भनाई छ ।

कृत्रिम हात–खुट्टा वितरण कार्यक्रममा भारतबाट नारायणी सेवा संस्थान, नेप इन्डिया फाउण्डेसन, दमक अपाङ्ग सहयोगी समिति र रुद्र गौरी–अम्बिका प्रतिष्ठान लगायतका संस्थाहरु सहयोगी संस्थाहरुको रुपमा रहने छन् ।