२९ वैशाख २०८१, शनिवार

एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश १ का प्रमुखको आह्वान

१७ पुष २०७९, आइतवार
Image

विराटनगर, १७ पुस । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नुभएको छ ।

आइतबार उहाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिनुभएको हो ।

यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिनुभएको छ ।

संविधानको धारा १६८ को उपधारा ९२० अनुसार प्रदेशसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उहाँले आह्वान गरेका गर्नुभएको हो ।