२९ वैशाख २०८१, शनिवार

लोकनृत्य प्रतियोगिताको उपाधि होराइजनलाई

१७ पुष २०७९, आइतवार
Image

इटहरी, १७ पुस । एन प्यावसन प्रदेश नम्बर १ समितिले आयोजना गरेको लोकनृत्य प्रतियोगिताको उपाधि झापा धुलाबारीको इष्ट होराइजन माविले हात पारेको छ ।

शनिबार इटहरी स्थित शिक्षादिप अंग्रेजी मावि परिसरमा आयोजना भएको प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा इष्ट होराइजन मावि प्रथम भएको हो ।

प्रतियोगितामा झापाबाट इष्ट होराइजनले प्रतिनिधित्व गरेको थियो ।

आगामी पुस २७ गते काठमाडौँमा हुने राष्ट्रियस्तरको लोकनृत्य प्रतियोगितामा इष्ट होराइजनले प्रदेशबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।