१५ चैत २०८०, बिहिवार

प्रदेश नं. १

कार्की र आङ्बोबीच भेटवार्ता, दुई दिनभित्र मुख्यमन्त्री टुंगो लाग्ने

१९ पुष २०७९, मङ्गलवार
Image

झापा, १९ पुस । प्रदेश नं. १ मा नेकपा एमाले र माओबादीले दुई दिनभित्र सरकार गठनको दावी पेश गर्ने भएका छन् ।

आज एमाले संसदीय दलका नेता हिक्मत कार्की र माओबादी संसदीय दलका नेता इन्द्र आङ्बोबीच भएको भेटवार्तामा उक्त सहमति भएको हो ।

प्रदेश १ को मुख्यमन्त्री पदमा एमाले र माओबादी दुबैले दावी गरिरहेका बेला दुबै दलका नेताबीच आज भेटवार्ता भएको हो ।

भेटवार्तामा दुबै नेताले केन्द्रबाट पार्टीबीचको भागवण्डा निश्चित भएपछि त्यसै अनुसार दावी पेश गर्ने सहमति भएको माओबादी केन्द्रका नेता एवम् मुख्मन्त्रीका दावेदार आङ्बोले बताउनुभयो ।

सबैभन्दा ठूलो दल भएको नाताले एमालेले मुख्यमन्त्री पद र सत्ता साझेदार भएको नाताले माओबादीले सभामुख पद पाउने सम्भावना रहेको एमाले नेताहरु बताउँछन् । 

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले २ दिनभित्र सरकार गठनका लागि दाबी प्रदेश प्रमुखसमक्ष दावी पेश गरिने जानकारी दिनुभएको छ ।

प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर आइतबारबाट सरकारमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि पुस २४ गते बेलुका ५ बजेसम्मको समय दिएपछि एमाले, माओवादी र राप्रपाले दाबी पेश गर्न छलफल अघि बढाएका छन् ।