७ वैशाख २०८१, शुक्रवार

स्थापना दिवसमा प्राध्यापक कर्मचारीलाई दीर्घसेवा पदक

१९ पुष २०७९, मङ्गलवार
Image

विराटनगर, १९ पुस । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएको बताउँदै यसबाट जोगाउन संवेदनशील हुनुपर्ने पर्ने धारणा व्यक्त गर्नुभएको छ ।

 विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा मंगलबार उपकुलपति कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिनुभयो । 

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपति कोइरालाको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशिल हुन शुभकामना दिनुभएको छ । 

विश्वविद्यालय स्थापना दिवसका अवसरमा विश्वविद्यालयले नौ जना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घसेवा पदकबाट विभुषित गरेको छ । दीर्घसेवा पदकबाट विभुषित हुनेहरूमा प्रा. मोहनबहादुर बस्नेत, सह प्राध्यापकहरू बोधहरी आचार्य, डा. रमेश वावु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्दु हमाल ठकुरी हुनुहुन्छ । त्यस्तै, उप प्राध्यापकहरू दिनेशराज सुवेदी, डा. दिलिपकुमार भगत, डा. निरजकुमार मिश्र र रामनारायण विच्छा दीर्घसेवा पदकबाट विभुषित हुनुभएको छ । 

कर्मचारीतर्फ सुकेश कर्ण, धिरेन्द्र कुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दिपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ, राजकुमार सापकोटा, लक्ष्मी पोखरेल होमनाथ निरौला, सुजित प्रधान, हरीप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, विगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभुषित भएका छन् । विश्वविद्यालयले २० वर्ष सेवा अवधि पुरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घसेवा पदकबाट विभुषित गर्दै आएको छ । 


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।