८ जेठ २०८१, मङ्गलवार

वीरता लेडी जेसीजको पद हस्तान्तरण

१९ पुष २०७९, मङ्गलवार
Image

चारपाने, १९ पुस । वीरता लेडी जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

सन २०२३ का लागि संगीता गिरीलाई जेसीज चेन पहिर्याउँदै पद हस्तान्तरण भएको हो । 

वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालसहित पूर्व अध्यक्षहरु र सन् २०२२ कि अध्यक्ष संगीता चिमरियाले जेसीज चेन संयुक्त रुपमा गिरीलाई पहिर्याएका थिए । 

बिर्तामोड नगरपालिका मेयर पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमको स्वागत मेनुका ओलीले गरेकी थिइन् । जेसीजको आस्था वाचन प्रियंका उप्रेती र मिसन भिजन सेलिषा उप्रेतीले गरेकी थिइन् ।

पदभार ग्रहण गरे लगत्तै अध्यक्ष गिरीले महासचिवमा निशा शाक्य, कानूनी सल्लाहकारमा युनिता दवाडी र कोषाध्यक्षमा सुमित्रा भट्टराईलाई मनोनयन गरेकी छन् ।

कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले स्थापना गरेको यज्ञ तिर्थ अवर्ड कृपा पौडेललाई प्रदान गरिएको थियो । जेसीज अफ द एयर श्रेयसी चौधरीलाई प्रदान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय उपाध्यक्षमा निर्वाचित स्वस्तिका आचार्यलाई बधाईसहित सम्मान गरिएको थियो भने नयाँ सदस्यलाई स्वागत गरिएको थियो ।

यता मानार्थ सदस्य सम्मान विनिता तामाङलाई प्रदान गरियो भने पत्रकारिता पुरस्कार तुलसीप्रसाद निरौलाालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर प्रसाई, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, एसपी दुर्गाराज रेग्मी, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।