४ वैशाख २०८१, मङ्गलवार

राजनीति

बार्दलीमा हात हल्लाइसक्दा हाम्रा चाहिँ पर्खिरहेका थिए : गुरुङ

२० पुष २०७९, बुधवार
Image

सुरुङ्गा, २० पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रचण्डको बढी विश्वासमा पर्दा पार्टीले सत्ताबाट पाखा लाग्नु परेको बताउनुभएको छ ।

प्रजातन्त्र सेनानी तुर्सा हेमरमको २६ औं स्मृति दिवसका अवसरमा आज सुरुङ्गामा आयोजित कार्यक्रममा बोल्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो । 

‘प्रचण्डले बालकोटको बार्दलीमा पुगेर हात हल्लाइसक्दा पनि हाम्रा चाहिँ 'भात खान जानुभएको हो, आइहाल्नुहुन्छ' भनेर बालुवाटारमा कुरेर बसिरहनु भएको थियो’– गुरुङले भन्नुभयो ।

उहाँले तुर्सा हेमरम वीपी कोइरालाको सहयात्री र सादा जीवन उच्च विचारका आदर्श नेता भएको उल्लेख गर्दै अहिले राजनीतिमा निष्ठा र विचारको खडेरी परेको बताउनुभयो ।

‘महामानव’ वीपी कोइरालाका सहयोद्धा हेमरमको २०५४ सालमा ७४ बर्षको उमेरमा निधन भएको थियो । उहाँको स्मृतिमा झापाको कनकाई–१ सुरुंगामा प्रतिष्ठान र सालिक स्थापना गरिएको छ ।

तुर्सा हेमरम स्मृति प्रतिष्ठान कनकाईका उपाध्यक्ष लखन हेमरमको सभापतित्वमा आयोजित कार्यक्रमको सचिव कुमारमणि पोखरेलले सन्चालन गर्नुभएको थियो । कार्यक्रममा सन्थालका मौलिक खेलहरु धनु काण, छेलो र नृत्यको प्रतियोगिता आयोजना गरिएको थियो ।