८ जेठ २०८१, मङ्गलवार

दिउँसै चोरी भयो ७ तोला सुन र नगद

२० पुष २०७९, बुधवार
Image

मेचीनगर, २० पुस । दिउँसै घरको पछाडिको ढोका फोरेर ७ तोला सुन र १० हजार रुपैयाँ नगद चोरी भएको छ ।

मंगलवारको यो घटना कनकाई नगरपालिका वडा नं. १ जामुनवारीको हो । भरतराज अधिकारीको उक्त घरमा दिउँसो कोही पनि थिएनन् ।

अधिकारीका अनुसार घरमा ताला लगाएर बाहिर गएको मौका छोपेर चोरले पछाडिको ढोका फोरेको पाइएको छ । प्रहरीले सीसी क्यामेराको फुटेजको आधारमा घटनाको अनुसन्धान अघि बढाएको हुँदा अभियुक्त चाँडै पत्ता लाग्ने पीडित परिवारले अपेक्षा गरेका छन् ।