१३ वैशाख २०८१, बिहिवार

कबड्डी खेल्दा घाइते भएका विद्यार्थीको मृत्यु

२१ पुष २०७९, बिहिवार
Image

मेचीनगर, २१ पुस । दमक नगरपालिका वडा नं. ४ मा कबड्डी खेल्ने क्रममा घाइते भएका एक विद्यार्थीको बुधवार मृत्यु भएको छ ।

मृतक संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ का १८ वर्षीय लाप्चाक भोटे हुन् । उनी आफ्नो टिमका कप्तान थिए ।

जिल्ला प्रहरी कार्यालय झापाक प्रवक्ता बसन्त पाठकका अनुसार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कवड्डी प्रतियोगितामा भोटे सहभागी थिए । सिभिल इन्जिनियर डिप्लोमा प्रथम वर्षमा पढ्दै गरेका उनी खेल्दाखेल्दै बेहोश भएका थिए ।

उपचारका लागि उनलाई तत्कालै उर्लाबारीको गोदावरी अस्पताल लगिएको थियो । सो अस्पतालले वीएन्डसी हस्पिटलमा रेफर गर्यो । विर्तामोड ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीका सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । 

उनको शब बीएन्डसी हस्पिटलमा राखिएको छ ।