८ वैशाख २०८१, शनिवार

अब विराटनगरबाटै श्रम स्वीकृति

२१ पुष २०७९, बिहिवार
Image

झापा, २१ पुस । वैदेशिक रोजगारीमा जानेहरुलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अब विराटनगर र जनकपुरबाटै दिन थालिएको छ ।

यसअघि श्रम स्वीकृतिका लागि भौतिक उपस्थिति हुनु पर्ने नियमका कारण काठमाडौंको वैदेशिक रोजगार विभाग नै पुग्नु पथ्र्यो ।

जनकपुर र विराटनगरबाट यसअघि श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको थियो ।

नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन थालेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मनत्रालयले जनाएको छ ।