४ वैशाख २०८१, मङ्गलवार

प्रादेशिक क्रिक्रेट प्रतियोगितामा झापाको बिजयी सुरुवात

२१ पुष २०७९, बिहिवार
Image

मेचीनगर, २१ पुस । मेचीनगर–६ स्थित काँकरभिट्टा खेलमैदानमा प्रधानमन्त्री कप महिला टी २० प्रादेशिक क्रिक्रेट छनोट प्रतियोगिता सुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । मोरङ जिल्लालाई १४७ रनले झापाली टीमले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । 

जवाफी ब्याटिङ गरेको मोरङले १९.४ ओभरमा ४९ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । 

आजको खेलको म्यान अफ दी म्याच विजेता झापा टिमको तर्फबाट ३३ रन २ ओभरमा १ विकेट लिएकी लकिता राजबंशी घोषित भएकी थिइन् ।