१ असोज २०८१, मङ्गलवार

नारी सञ्चार गृहकी अध्यक्ष शिवाकोटीलाई पितृशोक

२२ पुष २०७९, शुक्रवार
Image

मेचीनगर, २२ पुस । प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवम् नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ ।

उहाँका बुवा गंगाप्रसाद शिवाकोटीको आज विहान साढे ४ बजे कनकाई वडा नं. ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्व. शिवाकोटीका दुई छोरी भीमा शिवाकोटी र गोमा शिवाकोटी रहेका छन् भने चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी छन् । उहाँकी पत्नी पम्फादेवी शिवाकोटी हुनुहुन्छ ।

आजै दिउँसो १२ बजे कनकाई आर्यघाटमा पार्थिव शरीरको दाहसंस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतबाट थाहा भएको छ ।