१ असोज २०८१, मङ्गलवार

धुलाबारी-भद्रपुर सडक-(भाग १)

नरेन्द्र खड्काको आग्रह–‘२०२१ सालको पैनी कहाँ छ, खोजौं !’

२२ पुष २०७९, शुक्रवार
Image

मेचीनगर, २२ पुस । धुलाबारी मोडमा पक्की नाली सारेर सडक साँघुरो बनाइएको विषयमा प्रश्न उठिरहेको बेला बाटोसँग जोडिएका एक जग्गाधनीले २०२१ सालको पैनी मिचेर महल बनाउँदा समस्या निम्तिएको दावी गर्नुभएको छ ।

धुलाबारी दक्षिण जाने सडकको मुखैमा पश्चिमतिरका जग्गाधनी नरेन्द्र कुमार खड्काले उक्त दावी गर्नुभएको हो ।

सो सडकको पश्चिमतिरको भाग नम्बरी जग्गावालको र पूर्वतिरको भाग २०२१ सालको पैनीको भएको उहाँको जिकीर छ ।

‘चोकमा सडक साँघुरो भयो भने नम्बरी जग्गातिर विस्तार गर्ने कि २०२१ सालको पैनी भएको भागतिर ?,’ अहिले सडक निर्माणमा भइरहेको गतिविधिमा आफुहरुको कुनै दवाव र प्रभाव नरहेको जनाउँदै उहाँले भन्नुभयो–‘२०२१ सालको पैनी मासेर घर बनाउन दिने अनि नम्बरी जग्गातिर सडक बढाउने कुरा कतिको मनासिब हुन्छ, नगरपालिकाले यस विषयमा न्याय दिनुपर्छ ।’

धुलाबारीको पुरानो बासिन्दा र सामाजिक व्यक्तित्व खड्काले न्याय खोज्ने र पाउने ठाउँ कतै नदेखिरहेको टिप्पणी गर्नुभयो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई समेत यस विषयमा आफुले जानकारी गराएको उहाँको भनाई थियो ।

‘सडक फराकिलो बनाउने विषयमा हाम्रो कहिल्यै बिमति र असहयोग छैन,’ उहाँले भन्नुभयो–‘तर, २०२१ सालको पैनी कहाँ छ भनेर खोजी हुने हो भने सडकलाई सजिलै फराकिलो बनाउन सकिन्छ ।’