१३ वैशाख २०८१, बिहिवार

निराकारको शब ल्याउने खर्च सरकारले व्यहोर्ने निर्णय

२२ पुष २०७९, शुक्रवार
Image

विर्तामोड, २२ पुस । सरकारले विर्तामोड–१ का निराकार पाण्डेको शब कम्बोडियाबाट नेपाल ल्याउन सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को विहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिनु भएको हो ।

विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेको छोरा निराकार पाण्डेको कम्बोडियाको एउटा होटलमा भएको भीषण आगलागीमा परी हालै निधन भएपछि उनको शब त्यतैको अस्पतालमा रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार मन्त्रिपरिषद्को बैठक सुरु हुनु अघि मृतकका बुवा अग्नि पाण्डेलाई बोलाएर समवेदना व्यक्त गर्दै शब ल्याउन पहल गर्ने आश्वासन दिनु भएको थियो ।