२३ भदौ २०८१, आइतवार

होटल व्यवसायी महासंघ : केन्द्रीय सचिवमा पुनः अधिकारी, सदस्यमा श्रेष्ठ

२२ पुष २०७९, शुक्रवार
Image

मेचीनगर, २२ पुस । होटल व्यवसायी महासंघको केन्द्रीय सचिवमा राजु अधिकारी पुनः सर्वसम्मत चयन भएका छन् ।

चितवनमा हालै सम्पन्न १०औँ साधारण सभा तथा चौँथो राष्ट्रिय महाधिवेशनले काँकरभिट्टाका अधिकारी सचिवमा सर्वसम्मत चयन भएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले जानकारी दिए । 

त्यस्तै होटल व्यवसायी संघ मेचीनगरकी कार्यसमिति सदस्य डम्बरकुमारी श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएको उनले बताए । 

अधिकारी यसअघि पनि केन्द्रीय सचिव रहेका थिए । उनले काँकरभिट्टामा होटल बाटिका र श्रेष्ठले एभरेष्ट होटल सञ्चालन गर्दै आएका छन् ।

यसैगरी महासंघको केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा विरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती सर्वसम्मत चयन भएका छन् ।