१२ जेठ २०८१, शनिवार

महाकाली तरिरहेका बालक तुइनबाट खसेर बेपत्ता

२४ पुष २०७९, आइतवार
Image

झापा, २४ पुस । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् ।

ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।

खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको बताउँदै प्रहरी निरीक्षक मगरले आवश्यक परेमा जिल्लाबाट समेत थप प्रहरी पठाइने बताए ।

उनकाअनुसार बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएका थिए ।

बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

यसै वर्ष गत असारमा पनि सोही ठाउँको तुइनबाट खसेर १८ वर्षीय युवक बेपत्ता भएका थिए ।

(अनलाइन खबर)