७ जेठ २०८१, सोमवार

खानेपानी अध्यक्ष बन्न अब कार्यसमिति सदस्य हुनु नपर्ने

२४ पुष २०७९, आइतवार
Image

बिर्तामोड, २४ पुस । बिर्तामोड साना सहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिको अध्यक्ष बन्नका लागि अब एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्दैन ।

समितिको शनिवार सम्पन्न २० औं साधारणसभाले विधान संशोधन गर्दै अध्यक्ष ताजा व्यक्ति आउन सक्ने मार्ग प्रशस्त गरेको हो । 

यसअघि अध्यक्ष बन्नका लागि एक कार्यकाल अनिवार्य कार्यसमितिमा रहनुपर्ने बाध्यकारी विधान थियो । 

पुरानो विधानको व्यवस्था केही व्यक्तिहरुले आफु अध्यक्ष बन्नका लागि अनुकूल बनाएको आरोप लाग्दै आएको थियो । 

उपभोक्ताहरुको माग बमोजिम विधान संशोधन गरिएको अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।