१६ चैत २०८०, शुक्रवार

प्रदेशमै पहिलोपल्ट रोशन मेडिकलमा ‘फोर-डी भी-सेभेन’ मेसिन

२४ पुष २०७९, आइतवार
Image

झापा, २४ पुस । धुलाबारीको रोशन मेडिकलले प्रदेश नं. १ मै पहिलो अत्याधुनिक फोर-डी भी-सेभेन अल्ट्रासाउन्ड मेसिन प्रयोगमा ल्याएको दावी गरेको छ ।

मेचीनगर १० धुलाबारीमा रहेको मेडिकलका प्रोपाइटर रोशन खवासका अनुसार सो मेसिनले मानिसको लिभर कति प्रतिशत बिग्रिएको छ भनेर जाँच्न फाइभर स्क्यानरको काम समेत गर्दछ ।

त्यसैगरी, सो मेसिनले गर्भावस्थाको शिशुको सम्पूर्ण अवस्थाको बारेमा जानकारी दिन्छ भने मुटुको भिडिओ एक्सरे समेत गर्दछ ।

बहुउपयोगी सो मेसिनकै मदतले शरीरका नसाको गाठगुठीको डप्लर टेस्ट गर्दछ ।

साताभरि नै काठमाडौंदेखि विराटनगर, धरान र विर्तामोडका विभिन्न विशेषज्ञ डाक्टरहरुले विरामीको जाँच गर्ने क्लिनिक सञ्चालन हुँदै आएको सो मेडिकलमा भित्रिएको फोर-डी भी-सेभेन मेसिनको सञ्चालन डीएमआरडी उपाधिप्राप्त वरिष्ठ रडियोलोजिस्ट डा. किशोर पौडेलले गरिरहनु भएको छ । 

दैनिक विहान ११ देखि अपराह्न २ बजेसम्म सो मेसिनबाट अल्ट्रासाउन्ड (भिडियो एक्स रे) भइरहेको बताइएको छ ।