१४ वैशाख २०८१, शुक्रवार

सिभिल बैंकले दियो विरेन्द्र नमुना क्याम्पसलाई एक थान प्रिन्टर

२५ पुष २०७९, सोमवार
Image

भद्रपुर, २५ पुस । भद्रपुरस्थित सिभिल बैंक लिमिटेडले बैकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत चन्द्रगढी सामुदायमा आधारित  विरेन्द्र नमुना क्याम्पसलाइ एक थान प्रिन्टर मेशिन उपलब्ध गराएको छ ।

बैकका क्षेत्रीय प्रबन्धक राजेश ढकालले सोमबार क्याम्पस कक्षमा एक कार्यक्रमकका बीच  क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेललाई प्रिन्टर मेशिन हस्तान्तरण गर्नु भएको हो  । 

मेशिन हस्तान्तरण गर्दै प्रबन्धक ढकालले बैकहरुले पैसा जम्मा गर्ने र वितरण गर्ने मात्र कार्य नभएर सामाजीक कार्यहरु पनि गर्दे जानु पर्ने बताउनु भयो 

उहाँले उत्त क्याम्पसलाइ आगामी दिनहरुमा समेत निरन्तर सहयोग गर्दे जाने प्रतिबद्धता  जनाउनुभयो । कार्यक्रमको संचालन गर्दै क्याम्पस प्रमुख विवेक पोखरेलले बैक र क्याम्पस वीचको सम्बन्ध प्रगाढ बन्दै जानु पर्नेमा जोड दिनुभयो ।

उहाँले बैंकले क्याप्सलाई अत्याबश्यक रहेको प्रिन्टरले दिएर सहयोग गरेकोमा  धन्यवाद समेत  प्रदान गर्नुभयो । व्यावस्थापन समितिका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका भद्रपुर शाखाका  शाखा प्रबन्धक घनश्याम पोखरेल, विकाश बुढाथोकी, घनश्याम गिरीलगायतका क्याम्पसका प्राध्यापकहरु समेतको उपस्थिति रहेको थियो ।