५ जेठ २०८१, शनिवार

होटल व्यवसायी संघ मेचीनगरले गर्यो सम्मान

२५ पुष २०७९, सोमवार
Image

काँकरभिट्टा, २५ पुस । भर्खरै निर्वाचित होटल व्यवसायी महासंघको केन्द्रीय सचिव र सदस्यलाई मेचीनगरले सम्मान गरेको छ ।

होटल व्यवसायी संघ मेचीनगरले महासंघको केन्द्रीय सचिवमा निर्वाचित राजु अधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित डम्बरकुमारी श्रेष्ठलाई सम्मान गरेका हुन् ।

सोमबार संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर दुवै जनालाई सम्मान गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले केन्द्रीय सचिव अधिकारी र सदस्य श्रेष्ठलाई खादा र अविर लगाएर सम्मान गरेका थिए ।

महासंघको चितवनमा हालै सम्पन्न १०औँ साधारण सभा तथा चौँथो राष्ट्रिय महाधिवेशनले काँकरभिट्टाका होटल व्यवसायी राजु अधिकारी सचिवमा र संघकी कार्यसमिति सदस्य डम्बरकुमारी श्रेष्ठलाई केन्द्रीय सदस्यमा सर्वसम्मत चयन गरेको थियो ।