८ वैशाख २०८१, शनिवार

प्रचण्डलाई दुई साना दलबाहेक सबैले विश्वासको मत

२६ पुष २०७९, मङ्गलवार
Image

झापा, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्का दुई साना दलबाहेक सबैको विश्वासको मत पाउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।  बैठकमा २७० जना उपस्थित र ५ जना अनुपस्थित थिए ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिनु भएन ।

विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच जनाको विमति थियो । तर, संसद्मा उहाँहरुले पनि मत दिनुभयो ।