२३ भदौ २०८१, आइतवार

आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु

२६ पुष २०७९, मङ्गलवार
Image

झापा, २६ पुस । कचनकवल गाउँपालिकामा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो ताप्दै हुनुहुन्थ्यो । सोही क्रममा अचानक उहाँको शरीरमा आगो लागेको थियो ।

आगो लागेर उहाँको शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भई तत्काल उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मङ्गलवार दिउँसो १ बजे मृत्यु भएको विजल्ल प्रहरी कार्यालय झापाका डीएसपी पाठकले बताउनुभयो ।